२० श्रावण २०८३, बुधबार

यूएईले दियो नेपाललाई १३५ रनको विजयी लक्ष्य



काठमाडौँ । टी–२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा यूएईले नेपाललाई १३५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

माथिल्लो मूलपानी मैदानमा टस जितेर सुरुमा ब्याटिङ गरेको यूएइले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन जोडेको हो ।

बलिङतर्फ नेपालका कुशल मल्लले उत्कृष्ट प्रर्शन गरे । ३ ओभर बलिङ गरेका उनले ११ रन दिएर ३ विकेट लिए । भने सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र कप्तान रोहितकुमार पौडेलले एक विकेट लिए ।