७ श्रावण २०८३, बिहिबार

भिजन लुम्बिनी उर्जाको आइपीओमा ४ लाख ८२ हजारले दिए आवेदन



काठमाडौँ । भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओ ५९ करोड २९ लाख ४० हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात कात्तिक १७ गते साँझ ५ः०७ बजेसम्म ४ लाख ८२ हजार ७१७ जनाले ५९ लाख २९ हजार ४०० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा २.८५ गुणा बढी आवेदन हो ।

कम्पनीले सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार २८५ कित्ता सेयर निष्कासन गरेको हो । यसअघि कम्पनीले स्थानीय बासिन्दाले आवेदन नदिएको ४ लाख ८७ हजार ९१० कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई उक्त आइपीओ बिक्रीमा ल्याएको हो ।

आइपीओमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिमा माग बमोजिम आवेदन नपरेको खण्डमा मंसिर १ गतेसम्म आवेदन दिन सक्नेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्