२० श्रावण २०८३, बुधबार

गोदावरी मेलाको चौथो दिनसम्म ३१ हजारले गरे अबलोकन, ७७ लाख बढीको कारोबार



काठमाडौँ । रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ मंगलवारबाट ललितपुरको जावलाखेल खेल मैदानमा जारी गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी चौथो दिन सम्म ३१ हजारले मेला अबलोकन गरेका छन् भने ७७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

शुक्रबार मेलामा पूर्व बडामहारानी कोमल राज्य लक्ष्मी शाह तथा रास्ट्रिय स्वतन्त्र पार्टीकी सभासद डा. तोशिमा कार्कीले पनि मेला अबलोकन गरेका थिए । मेलामा पूर्व रानी शाहले गोदाबरी फूलका बिरुवा खरिद गरिन भने सभासद कार्कीले मेलामा सहभागी ब्यबशायीहरुसँग ब्यबसायीका समस्याहरुका बारे जानकारी लिदै नितिगत तहमा आफूले गर्नसक्ने सहयोग गर्ने बताइन् ।

मेलाको थप आकर्षणहरुमा यस बर्ष सेवा कोकोपिटद्वारा प्रायोजित हरेक दिन बिक्री हुने गेट टिकट नंम्बरको आधारमा बिहीबारको लक्की टिकट नम्बर ३७९१ र शुक्रबारको लक्की टिकट नम्बर ४५९० रहेको छ । दैनिक लक्की ड्रमा छनौट हुन सफल एक जना मेला अवलोकन कर्तालाई गमला सहितको ५ वटा आकर्षक गोदावरी फूलको बिरुवा र ५ किलोको सेवा कोकोपिट उपहार स्वरुप प्रदान गरिदैँ आएको छ ।

फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) को आयोजनामा कार्तिक १४ गतेबाट सुरु मेला कार्तिक १८ गते (शनिवार) सम्म चल्नेछ । पुष्प विकास केन्द्र सह आयोजक रहेको उक्त प्रदर्शनीमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको सहयोग रहेको छ भने सेवा कोकोपिटले प्रयोजन गरेको छ ।प्रदर्शनीमा व्यवसायिक स्टल ६१, प्रतियोगितात्मक स्टल २, फ्लावर सजावट स्टल २ र सूचनामूलक ५ लगायत गरी ७० वटा स्टल रहेका छन् । यस गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढिको व्यवसायिक कारोबार हुने अपेक्षो आयोजकले गरेको छ ।