सरकारले जाजरकोट भूकम्पमा मृत्यु हुने परिवारलाई दुई लाख राहत दिने
काठमाडौँ । जाजरकोट भूकम्पमा मृत्यु हुने प्रतिपरिवारलाई सरकारले दुई लाख रूपैयाँ राहत दिने भएको छ।
कात्तिक १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले मृतक परिवारलाई राहत रकम दिने निर्णय गरेको हो । तत्काललाई प्रति मृतक परिवारलाई दुई लाख रूपैयाँका दरले राहत उपलब्ध गराउने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
बैठकले भूकम्पमा घाइते भएकाको निःशुल्क उपचार गर्ने निर्णय समेत गरेको छ।













