२० श्रावण २०८३, बुधबार

गुल्सन र रोहितको अर्धशतकमा नेपालले दियो ओमानलाई जितका लागि १८५ रनको लक्ष्य



काठमाडौँ । आईसीसी टी २० विश्वकप छनोटको एसिया छनोटको फाइनलमा नेपालले ओमानविरुद्ध मध्यम प्रदर्शन गर्दै १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको हो । नेपालले पहिलो विकेटको रुपमा आसिफ शेखलाई ६ रन मा गुमाएको थियो दोस्रो विकेटको रुपमा नेपालले सन्दीप जोरा १० रन र तेस्रो विकेटको रुपमा नेपालले ओपनर कुशल भूर्तेललाई ३१ रनमा गुमाउँदा हो ।

पाँचौ विकेटको रुपमा मैदान प्रवेश गरेको गुल्सन झाले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालको अवस्था उल्टिएको थियो । उनले २० बलमा ५० रन पूरा गरेर अर्धशतक बनाएका थिए । उनले ४ छक्का र ५ चौका हिर्काएका थिए । उनी ५४ रन बनाएर बिलाल खानको बलमा आउट भएका थिए ।

कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गर्दै ५२ रन बनाउँदा ६ बलको सामना गरेका करण केसीले २० रन जोडे । करणले अन्तिम ओभरमा १ चौका र २ छक्का प्रहार गरेका थिए ।