७ श्रावण २०८३, बिहिबार

लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने



काठमाडौं । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि सातौँ वार्षिक साधारण सभा मंसिर ११ गतेका लागि बोलाएको हो ।

सभा मकवानपुरको हेटौँडास्थित रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभाले कम्पनीको पुँजी वृद्धिको प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

त्यस्तै सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै २०८०।८१ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्