पश्चिम नेपालमा पुनः ५.८ म्याग्निच्युडको शक्तिशाली भुकम्प, स्थानियमा त्रास
काठमाडौँ । पश्चिम नेपालमा निरन्तर शक्तिशाली भुकम्प भइरहेको छ । आज अर्थात कात्तिक २० गते साँझ ४ः३३ मिनेटमा शक्तिशाली भुकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।
निरन्तर गइरहेको भुकम्पले जनमानसमा त्रास छाएको छ । गत शुक्रबार जाजरकोटमा आएको ६.४ म्याग्निच्युडको भुकम्पले ठुलो मानवीय क्षतिको त्रास सेलाउन नपाउदै फेरी शक्तिशाली भुकम्प गएको हो ।
यही समयमा भारतको राजधानी नयाँ दिल्लीमा पनि भूकम्पको धक्का मशसुस गरिएको समाचार संस्था एएनआईले जनाएको छ।













