७ श्रावण २०८३, बिहिबार

सागर डिष्टिलरीले प्रिमियममा आइपीओ निष्कासन गर्ने



काठमाडौँ । सागर डिष्टिलरी लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन अनुमतिका लागि वार्षिक साधारण सभा बोलाएको हो ।

साधारण सभा मंसिर १५ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो । कम्पनीको प्रबन्धपत्र संशोधन गर्न र आइपीओ निष्कासन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा छलफल हुनेछ ।

कम्पनीले आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्