प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलव भूकम्प पीडितलाई दिने
काठमाडौँ । प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलव भूकम्प पीडितलाई दिने भएका छन् ।
आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेकी सञ्चार मन्त्री रेखाशर्माले जानकारी दिइन् ।












