२६ भदौ २०८३, शुक्रबार

उन्नति सहकार्य लघुवित्तको एफपिओमा १ अर्ब २४ करोड संकलन, कति पर्यो आवेदन ?



काठमाडौँ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओमा १ अर्ब २४ करोड ४३ लाख ६६ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात कात्तिक २४ गते अन्तिम दिन साँझ ५ः०७ बजेसम्म ११ लाख २२ हजार ९११ जनाले १ करोड २४ लाख ४३ हजार ६६० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा ६९.७३ गुणा बढी आवेदन हो ।

सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको थियो । कम्पनीले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१.१८ कित्ता सेयर निष्काशन गरेको थियो ।

एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बी प्लस प्रदान गरेको छ। लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।