भिजन लुम्बिनीको आइपीओ पर्यो कि ? यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा
काठमाडौँ । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको आइपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले बाँडफाँट गरेको छ ।
आइपीओमा कुल ११ लाख ६१ हजार ५ सय २९ जनाको आवेदन परेको थियो । जस मध्ये ११ लाख ५६ हजार ९ सय २७ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । जस मध्ये २ लाख ७ हजार ५ सय २८ जनाले सेयर पाएका छन् । यी मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् ।
कम्पनीको आइपीओ यसरि हेर्नेसकिनेछ ।
सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट: https://muktinathcapital.com/
मेरोसेयर एप: https://meroshare.cdsc.com.np/#/login













