२० श्रावण २०८३, बुधबार

एनआइसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चाचलित दुई फण्डले बैंक खातामा पठाए लाभांश



काठमाडौँ। एनआइसी एशिया क्यालेन्सड् फण्ड र एनआईसी एशिया ग्रोथ फण्डले इकाईधनहरुको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्र्गत सञ्चालित दुई फण्डले नगद लाभांश जम्मा गरेको हो ।

गत आवको मुनाफाबाट एनआईसी एशिया ब्यालेन्सड् फण्डले कर सहित १० प्रतिशत र एनआईसी एशिया ग्रोथ फण्डले १० दशमलव ५० प्रतिशत नगद लाभांश कर सहित दिएका हुन ।

यी दुबै फण्डले मङ्सिर देखि १ गते देखि इकाईधनीहरुको बैंक खातामा पठाउन शुरु गरेकाले आफ्नो बैंक खातामा लाभांश प्राप्त भए नएएको यकिन गर्न अनुरोध गरेका छन् ।