२० श्रावण २०८३, बुधबार

प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणका लागि राष्ट्रपति पौडेलको आह्वान



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा विशेष शतर्कता अपनाउनु जरुरी रहेको बताएका छन् । एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ देशका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय छाता संस्था इफाप्काको ४६ औँ अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कुनै पनि देशको आर्थिक विकासमा भौतिक पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्ने गरेको उनले बताए । ‘पृथ्वी रहे मात्र हामी रहन्छौँ’ भन्ने मान्यतालाई आत्मसात गर्दै प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणका लागि आह्वान गर्नुभयो उनले भने, राष्ट्रपति पौडेलले कार्वन उत्सर्जनमा कटौती गरी प्रकृति सुहाउँदा पूर्वाधार निर्माणमा जुट्न आग्रह गर्नुभयो ।

राष्ट्रपति पौडेलले विश्व अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीहरूको भूमिका महत्वपूर्ण हुने भन्दै संकटग्रस्त अर्थतन्त्रलाई सही बाटोमा ल्याउन सकारात्मक भूमिका खेल्न आग्रह गरे ।