७ श्रावण २०८३, बिहिबार

ठूलो खोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने



काठमाडौँ । ठूलो खोला हाइड्रोपावर लिमिटेडले आइपीओ जारी निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि मंसिर २९ गते वार्षिक साधारण सभा बोलाएको हो ।

सभा कम्पनीको कार्यालय, खिचापोखरी, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । साथै, सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव छ ।

त्यस्तै, चालु आर्थिक वर्षको लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्