मेन्छियाम हाइड्रोपावरका सेयरधनीहरुको हात रित्तो
काठमाडौँ । मेन्छियाम हाइड्रोपावरका सेयरधनीहरुको हात यो वर्ष रित्तो हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।
कम्पनीले पुष २ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा लैनचौर ब्यांकेट, काठमाडौंमा साँझ ५ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।













