७ श्रावण २०८३, बिहिबार

मुक्तिनाथ कृषि कम्पनीको आइपीओमा माग भन्दा १०.०३ गुणा बढी आवेदन



काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपीओमा १ अर्ब १५ करोड २३ लाख १५ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात मंसिर ११ गते साँझ ५ः०८ बजेसम्ममा १० लाख ५७ हजार ८२८ जना आवेदकले १ करोड १५ लाख २३ हजार १५० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा १०.०३ गुणा बढी आवेदन हो ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यको १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । साथै, ४२ हजार कित्ता सेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आइपीओमा छिटोमा मंसिर १२ गते र ढिलोमा मंसिर २२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ’ प्रदान गरेको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्