नेपाल हाइड्रो डेभलोपरले गर्यो लाभांश घोषणा, बुक क्लोज कहिले ?
काठमाडौँ । नेपाल हाइड्रो डेभलोपरले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको मंसिर १५ गते बसेको संचालक समितिको बैठकले ७प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले उक्त निर्णय पारितका लागि पुष १२ गते बिहान ११ बजे लिसारा रिसेप्सन्स नक्साल काठमाडौँमा बस्ने गरी १७औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले जसका लागि मंसिर १५ गते बुक क्लोज गर्ने भएको हो ।













