७ श्रावण २०८३, बिहिबार

हकप्रद निष्कासन प्रस्ताव पारितका लागि तेह्रथुम पावरले बोलायो साधारण सभा



काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले छैठौं वार्षिक साधारण पुष २१ गतेका लागि बोलाएको छ । सभा सभा कम्पनीको कार्यालय राममन्दिर मार्ग बत्तिसपुतली काठमाडौँमा दिउँसो १२ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै सभाले शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर २८ गते देखि पुस २१ गते सम्म बुक क्लोज गर्ने भएको हो ।


प्रतिक्रिया दिनुहोस्