७ श्रावण २०८३, बिहिबार

पिपुल्स पावरले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने



काठमाडौँ । पिपुल्स पावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतका दरले हकप्रद निष्कासन गर्ने लागेको हो ।

कम्पनीको मंसिर १७ गते बसेको संचालक समितिको बैठकले १ः०.५ अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । कम्पनीको उक्त बैंठकले हकप्रद जारी गर्ने अनुमतिका लागि विद्युत नियमन आयोगमा आवेदन दिएको छ ।

कम्पनीले कोशी प्रदेश, इलाम जिल्लास्थित ४.९६ मेगावाटको पुवा २ जलविद्युत आयोजनाबाट २०७९ मंसिर १२ गतेदेखि नियमित विद्युत उत्पादन तथा वितरण गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्