लाफिङ्ग बुद्ध पावरले बोलायो साधारण सभा
काठमाडौँ । लाफिङ्ग बुद्ध पावर नेपालले वार्षिक साधारण सभा पुष ११ गतेका लागि बोलाएको छ । सभा दि भ्याली रेष्टुरेन्ट एण्ड बार, त्रिपुरेश्वर, काठमाडौँमा दिउँसो १ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको एजेण्डा रहेकोछ ।












