आँखुखोला जलविद्युतले पुष २० गते बोलायो साधारण सभा
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा पुष २० गतेका लागि बोलाएको छ । सभा बैभवी पार्टी प्यालेस मैतीदेवीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
कम्पनीका सेयरधनीहरुको हात भने रित्तो हुने भएको छ । सभामा आव २०७९।८० को नाफा नोक्सानसम्बन्धी छलफल, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने एजेण्डा छ । त्यस्तै, सभाले सर्वसाधारण सेयरधनीहरूको प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १ गते बुक क्लोज गर्ने भएको हो ।













