७ श्रावण २०८३, बिहिबार

भगवती हाइड्रोपावरले पुष २४ गते बोलायो साधारण सभा, लाभांश पारित मुख्य एजेण्डा



काठमाडौँ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वार्षिक साधारण सभा पुष २४ गतेका लागि बोलाएको छ । सभा अपर्ण ब्यांक्वेट थापागाउँ काठमाडौँमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले हाल कायम चुक्ता पुँजीको १०.५२६३ प्रतिशतका दरले हुन आउने ६ करोड २ लाख १७ हजार ३३६ रुपैयाँ ८४ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले कम्पनीको संचालक समितिमा संस्थापक सेयरधनीहरुबाट ७ जना र साधारण सेयरधनीहरुबाट २ जना संचालक नियुक्त गर्ने प्रस्ताव पाििरत गर्ने एजेण्डा समेत रहेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गते एकदिन बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्