रावा इनर्जिले पुष १७ गते बोलायो साधारण सभा, सेयरधनीहरुको हात भने रित्तो
काठमाडौँ । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले पुष १७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा बानेश्वर बैंक्वेट, काठमाडौँमा दिउँसो १ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले सर्वसाधारण समूहको तर्फबाट १ जना र संस्थापक सेयरधनीहरुको तर्फबाट १ जना गरी दुई जना संचालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्ने छ ।
साथै,गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजकोे पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस २ गते बुकक्लोज गर्ने भएको छ।













