इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ, डलरको भाउले फेरि बनायो नयाँ कीर्तिमानी उचाई
काठमाडौं । अमेरिकी डलरको भाउले फेरि नयाँ कीर्तिमानी रेकर्ड बनाएको छ । मंगलबार डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ७४ पैसा कायम भएको छ । आजका लागि खरिददर भने १३३ रुपैयाँ १४ पैसा कायम भएको छ । यो भाउ नै हालसम्मकै उच्च हो ।
पछिल्लो समय डलरको भाउ थप महँगो बन्दे गएको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा भने कमजोर बनेको छ । भारतीय मुद्रा कमजोर बन्दा नेपाली रुपैयाँ पनि इतिहासकै कमजोर भएको छ । भारतीय मुदसँग नेपालको मुद्राको स्थिर विनिमय दर छ । भारु कमजोर हुँदा नै नेपाली रुपैयाँ समेत कमजोर भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य बढेसँगै नेपालीहरुले पनि महंगो मूल्यमा डलर खरिद गर्नुपर्ने हुन्छ । डलरको भाउ वृद्धिले नेपाली अर्थतन्त्रमा भने नकारात्मक र सकारात्मक दुवै असर पार्ने गर्दछ । अमेरिकी डलर बढ्दै जाँदा यसले. विश्व बजारको व्यापार र आन्तरिक कारोबारलाई समेत असर पार्ने गर्दछ । यसले आया गर्ने सामग्रीका लागि थप महँगो पार्छ ।
वैदेशिक रोजगारीमा रहेका नेपाली कामदाहरुले डलरमा रेमिट्यान्स पठाउँछन्, जसले डलरको भाउ बढ्दा रेमिट्यान्समा पनि बढ्छ । यता, पर्यटन क्षेत्रमा पनि डलरको भाउ बढ्दा राम्रै प्रभाव पर्छ । नेपाल घुम्न आउने विदेशी पर्यटकहरूले डलर बोकेर आउँछन् र यहाँ खर्च गरेर जान्छन् । यो नेपाली अर्थतन्त्रको लागि सकारात्मक छ ।
नेपालको आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा हरेक वस्तुको मूल्य वृद्धि हुने गर्दछ । भारतसहित तेस्रो मुलुकबाट आयात हुने मोटर, मोबाइल फोन, इलेकट्रोनिक्सका सामान, लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ लगायत सामान महँगो पर्नेछन् ।
कुन देशको मुद्रा साट्दा कति पाइन्छ ?
| Currency | Unit | Buy | Sell |
|---|---|---|---|
| USD (U.S. Dollar) | 1 | 133.14 | 133.74 |
| EUR (European Euro) | 1 | 143.33 | 143.98 |
| GBP (UK Pound Sterling) | 1 | 167.48 | 168.23 |
| CHF (Swiss Franc) | 1 | 151.21 | 151.89 |
| AUD (Australian Dollar) | 1 | 87.31 | 87.71 |
| CAD (Canadian Dollar) | 1 | 97.92 | 98.36 |
| SGD (Singapore Dollar) | 1 | 99.13 | 99.58 |
| JPY (Japanese Yen) | 10 | 9.10 | 9.15 |
| CNY (Chinese Yuan) | 1 | 18.55 | 18.64 |
| SAR (Saudi Arabian Riyal) | 1 | 35.50 | 35.66 |
| QAR (Qatari Riyal) | 1 | 36.50 | 36.67 |
| THB (Thai Baht) | 1 | 3.73 | 3.75 |
| AED (UAE Dirham) | 1 | 36.26 | 36.42 |
| MYR (Malaysian Ringgit) | 1 | 28.43 | 28.56 |
| KRW (South Korean Won) | 100 | 10.08 | 10.13 |
| SEK (Swedish Kroner) | 1 | 12.72 | 12.77 |
| DKK (Danish Kroner) | 1 | 19.23 | 19.32 |
| HKD (Hong Kong Dollar) | 1 | 17.06 | 17.13 |
| KWD (Kuwaity Dinar) | 1 | 431.60 | 433.55 |
| BHD (Bahrain Dinar) | 1 | 353.17 | 354.76 |













