गुराँस लघुवित्तले पुष १८ गते बोलायो साधारण सभा, सेयरधनीहरुको हात भने रित्तो
काठमाडौँ । गुराँस लघुवित्तले वार्षिक साधारण सभा पुष १८ गतेका लागि बोलाएको छ । सभा भेडेटार भिलेज रिसार्ट धनकुटामा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
कम्पनीका सेयरधनीहरुको हात भने रित्तो हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।
सभामा अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा रहेको छ ।
सभा प्रयोजनार्थ कम्पनीले पुष ४ गते बुक क्लोज गर्ने भएको हुँदा ३ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।













