पुष २१ गते सयपत्री हाइड्रोपावरले बोलायो साधारण सभा, सेयरधनीहरुलाई भने छैन लाभांश
काठमाडौँ । सयपत्री हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा पुष २१ गतेका लागि बोलाएको छ । सभा ज्योति ब्यांकेट एन्ड इभेन्ट म्यानेजमेन्ट, मैजुबाल, कुमारीगाल, काठमाडौँमा बिहान ८ बजे बस्ने गरी आव्हान गरेको हो ।
कम्पनीका सेयरधनीहरुको हात भने रित्तो हुने भएको छ । कम्पनी यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।
सभामा गत आर्थिकको नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहनेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुष ९ गते बुक क्लोज गर्ने भएको हुँदा पुष ८ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् ।













