बुद्धभुमि हाइड्रोपावरले पुष २० गते बोलायो साधारण सभा, हकप्रद निष्कासन मुख्य एजेण्डा
काठमाडौँ । बुद्धभुमि हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रस्ताव पारितका लागि पुष २० गते १५ औ साधारण सभामा बोलाएको हो ।
कम्पनीले १५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गरेपछि विद्युत नियमन आयोग र धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको अनुमति माग गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुष ६ गते बुकक्लोज गर्ने भएको हुँदा ५ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउने छन्।













