कालिन्चोक दर्शनले पुष २६ गते बोलायो साधारण सभा, सेयरधनीहरुलाई भने छैन लाभांश
कालिन्चोक दर्शनले पुष २६ गते बोलायो साधारण सभा, सेयरधनीहरुलाई भने छैन लाभांश
काठमाडौँ । कालिन्चोक दर्शन लिमिटेडले वार्षिक साधारण सभा पुष २६ गतेका लागि बोलाएको छ । सभा रोयल इभेन्ट (पार्टी प्यालेस) तीनकुने काठमाडौँमा बिहान ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।
कम्पनीका सेयरधनीहरुको हात भने रित्तो हुने भएको छ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।
सभामा गत आर्थिक वर्षको नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्नुका साथै, संस्थापक तथा सर्वसाधारण सेयरधनीतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक निर्वाचन गर्ने विषयमा छलफल हुनेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुष १२ गते बुक क्लोज गर्ने भएको छ ।













