प्रतिकित्ता १४० रुपैयाँमा नै शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयर किन्ने मौका
प्रतिकित्ता १४० रुपैयाँमा नै शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयर किन्ने मौका
काठमाडौं । प्रुडेन्सियल क्यापटिल म्यानेजमेन्ट कम्पनीले आफ्नो स्वामित्वमा रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकको २ लाख ४ हजार ५३७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
उक्त सेयरको मूल्य न्यूनतम १४० रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
उक्त खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले पुष ६ गतेसम्म आवेदन दिन सकिनेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, ट्रेड टावर थापाथली काठमाडौँमा बुझाउन सकिनेछ ।













