गर्जाङ उपत्यका हाइड्रोपावरले बोलायो साधारण सभा, के के छन् एजेण्डा ?
काठमाडौं । गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडले १०औं वार्षिक साधारण सभा पुष २७ गतेका लागि बोलाएको छ । सभा सानभी होटल एण्ड स्पोट क्लब, बौद्ध, काठमाडौँमा विहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।
कम्पनीको पूँजी बृद्धि गर्ने सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गरेको छ ।













