सगरमाथा लुम्बिनी इन्स्योरेन्सको दूर्घटना न्युनिकरण तथा बीमा सचेतना कार्यक्रम
काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. (सलिको) ले मंसिर २८ गते सवारी दूर्घटना न्युनिकरण तथा बीमा सचेतना कार्यक्रम संचालन गरेको छ ।
कम्पनी र ईलाका प्रहरी कार्यालय तुल्सिपुर/ट्राफिक प्रहरी कार्यालय तुल्सिपुरको संयुक्त आयोजनामा दाङ्ग जिल्लाको तुल्सिपुर उपमहानगरपालिकाको सभाहलमा उक्त कार्यक्रम संचालन गरिएको हो । पत्रकार महेन्द्र महराद्धारा संचालित उक्त कार्यक्रम उपमहानगरपालिकाका उप प्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यमा ई.प्र.का तुल्सिपुर प्रमुख ठाकुर प्रसाद पोखरेल तथा जिल्ला स्थित बिभिन्न अटो प्रा.लि.का अध्यक्षहरु, सवारी चालक, पत्रकार तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा सवारी दूर्घटना न्यूनिकरण सम्बन्धमा ट्राफिक प्रहरी कार्यालय तुल्सिपुर प्रमुख ईश्वरी देवकोटाले प्रकाश पर्नु भएको थियो भने बीमा सचेतना सम्बन्धमा सलिकोका तुल्सिपुर शाखा प्रमुख तुफान सापकोटाले प्रकाश पारेका थिए । त्यसैगरी, यस प्रकारका कार्यक्रमलाई जिल्लाका विभिन्न स्थानमा संचालन गरिने जानकारी समेत गराईएको थियो । साथै कार्यक्रममा सहभागिहरुले दूर्घटना न्युनिकरण तथा बीमा सचेतना कार्यक्रम संचालन गरेकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरेका थिए ।













