बुटवल पावरले गर्यो लाभांश घोषणा, बुक क्लोज कहिले ?
काठमाडौँ । बुटवल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।
कम्पनीले लाभांश पारितका लागि पुष २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने जनाएकोछ ।













