लाभांश पारितका लागि मन्दाकिनी हाइड्रोपावरले पुष २६ गते बोलायो साधारण सभा
काठमाडौँ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले १०औं वार्षिक साधारण सभा पुष २९ गतेका लागि बोलाएको छ । सभा फुडल्याण्ड एण्ड ब्याङ्क्वेट बत्तिसपुतली, काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशतका नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा रहेको छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुष २० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको हुँदा पुष १९ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।













