१० श्रावण २०८३, आइतबार

हिमालयन पावर पार्टनरले पुष २५ गते बोलायो साधारण सभा, के–के छन् एजेण्डा ?

हिमालयन पावर पार्टनरले पुष २५ गते बोलायो साधारण सभा, के–के छन् एजेण्डा ?



काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले ११औं वार्षिक साधारण सभा पुष २५ गतेका लागि बोलाएको छ । कम्पनीको मङ्सिर २९ बसेको संचालक समितिको बैठकले उक्त सभा आव्हान गरेको हो ।

कम्पनीका सेयरधनीहरुको हात भने रित्तो हुने भएको छ । कम्पनीले कुनै पनि लाभांश प्रस्ताव नगरेको छैन ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने भएको छ ।