७ श्रावण २०८३, बिहिबार

रु रु जलविद्युतले १०.५२६ प्रतिशत लाभांश दिने, आव्हान गर्यो साधारण सभा



काठमाडौँ । रु रु जलविद्युत परियोजनाले लाभांश घोषणा गरेको छ । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई १०.५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले प्रस्ताति लाभांश पारितका लागि पुष २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा लिसरा रेसेप्सेन नक्साल काठमाडौंमा बिहान १०.३० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा छ ।

सभा प्रयोजनका लागि कम्पनीले पुष १७ गते बुक क्लोज गर्ने भएको हुँदा पुष १६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्