१० श्रावण २०८३, आइतबार

गुहेश्वरी मर्चेन्टका सेयरधनीहरुको हात यस वर्ष रित्तो

गुहेश्वरी मर्चेन्टका सेयरधनीहरुको हात यस वर्ष रित्तो



काठमाडौँ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले लाभांश नदिने भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको हो ।

कम्पनीको पुष २ गते बसेको सञ्चालक समिति बैंठकले उक्त निर्णय गरेको हो । सोहि बैठकले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीले ७.३७ प्रतिशत लाभांश वितरण गरेको थियो ।