१० श्रावण २०८३, आइतबार

हिमालयन डिष्टिलरीको साधारण सभा पुष २५ गते, २५ प्रतिशत लाभांश पारित मुख्य एजेण्डा

हिमालयन डिष्टिलरीको साधारण सभा पुष २५ गते, २५ प्रतिशत लाभांश पारित मुख्य एजेण्डा



काठमाडौँ । हिमालयन डिष्टिलरी लिमिटेडले २३औं वार्षिक साधारण सभा पुष २५ गतेका लागि बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय विरगन्ज, पर्सामा विहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।

यस वर्ष कम्पनीले कुल २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । हाल कायम चुक्तापूँजीको अधारमा १० प्रतिशत बोनस र कर प्रयोजन समेतका लागि १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित कम्पनीको मुख्य एजेण्डा रहेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुष १३ गते बुक क्लोज गर्ने भएको हुँदा पुष १२ गतेसम्म कायम सेयरधनीहरू मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।