७ श्रावण २०८३, बिहिबार

ङादी ग्रुप पावरले लाभांश नदिने, पुष २५ गते बोलायो साधारण सभा



काठमाडौँ । ङादी ग्रुप पावर लिमिटेडले वार्षिक साधारण सभा पुष २५ गतेका लागि बोलाएको छ । सभा कुण्डलिनी दरबार ब्यांकेट, काठमाडौँमा बिहान ९ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । ङादीले मर्जर वा एक्वाजिशन सम्बन्धी प्रस्ताव भने सभामा पेश गर्नेछ । सभाले गत आर्थिक वर्ष २०७९।८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि राखिएको छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्