७ श्रावण २०८३, बिहिबार

बरुण हाइड्रोपावरले पुष २५ गते बोलायो साधारण सभा, के–के छन् एजेण्डा ?



काठमाडौँ । बरुण हाइड्रोपावर कम्पनीले वार्षिक साधारण सभा पुष २५ गतेका लागि बोलाएको छ ।सभा कुण्डलिनी दरबार ब्यांक्वेट चण्डोल काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभामा कम्पनी गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा छलफल हुनेछ । यस्तै, सभाले गत आर्थिक वर्ष २०७९।८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि राखिएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्