१० श्रावण २०८३, आइतबार

शिवम् सिमेन्ट्सले १५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

शिवम् सिमेन्ट्सले १५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?



काठमाडौँ । शिवम् सिमेन्ट्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको पुष ३ गते बिहान बसेको संचालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशतले लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।

कम्पनीले पुष २७गते साधारण सभा बोलाइको छ ।