मुक्तिनाथ कृषि कम्पनीका आठ ओटा सहायक कम्पनीको साधारण सभा पुष २४ गते
मुक्तिनाथ कृषि कम्पनीका आठ ओटा सहायक कम्पनीको साधारण सभा पुष २४ गते
काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफ्ना आठ ओटा सहायक कम्पनीको साधारणसभा पुष २४ गतेका लागि बोलाएको छ । सभा बसुन्धारा स्थित मुक्तिनाथ कृषि कम्पनीको कार्यालयमा बस्नेछ ।
आफ्नो चौथो स्थापना अवसरको पारेर मुक्तिनाथ कृषि कम्पनीले एकैसाथ ८ वटा सहायक कम्पनीको उद्घाटन गरेको थियो । कृषि क्षेत्रमा विशिष्टकृत वस्तु तथा सेवाहरु उपलब्ध गराउने लक्ष्य सहित मुक्तिनाथ कृषि कम्पनीले आफ्नो सहायक कम्पनीको रुपमा मुक्तिनाथ सिड बैक लि., मुक्तिनाथ फर्टिलाईजर बैक लि., मुक्तिनाथ नर्सरी बैड लि., मुक्तिनाथ लाईभस्टक बैंक लि., मुक्तिनाथ हर्बल बैक लि., मुक्तिनाथ फुड बैक लि., मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी लि. र मुक्तिनाथ ट्रेडिङ लि. खोलेको हो ।
सभाले गत आर्थिक वर्ष २०७९।८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि राखिएको छ । त्यस्तै विशेष प्रस्तावमा कम्पनीको प्रबन्धपत्र र नियमावलिमा आवश्यक संसोधन गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने छ ।













