मध्य भोटेकोशी जलविद्युतले बोलायो एजिएम, के–के छन् एजेण्डा ?
काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा पुष २७ गतेका लागि बोलाएको छ । सभा कुण्डलिनी दरबार बैंक्वेट चण्डोल काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभामा गत आर्थिक वर्षको नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
त्यस्तै, सभाले चुक्ता पूँजी र सञ्चित मुनाफाको जम्म रकमभन्दा बढी हुने गरी लिइएको ऋणको सम्बन्धमा विशेष प्रस्ताव पारित गर्ने एजेण्डा रहेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुष १७ गते बुकक्लोज गर्नेछ।













