सान्जेन जलविद्युतले आव्हान गर्यो साधारण सभा
काठमाडौँ । सान्जेन जलविद्युतले वार्षिक साधारण सभा पुष २९ गतेका लागि बोलाएको छ । सभा सभा कार्की पार्टी प्यालेस सुकेधारा काठमाडौँमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले कम्पनीको नियमावली संशोधन सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ । सभामा गत आर्थिक वर्षको नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले पुष १९ गते बुक क्लोज गर्ने भएको छ ।













