सिक्लेस हाइड्रोपावरले ६ प्रतिशत लाभांश दिने, पुष २७ गते बोलायो साधारण सभा
काठमाडौँ । सिक्लेस हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभश घोषणा गरेको छ । कम्पनीको पुष ४ गते बसेको संचालक समितिको बैठकले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुंजीको ६ प्रतिशत नगद लाभांश ( कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश पारितका लागि कम्पनीले पुस २७ गते साधारणसभा आह्वान गरेको छ । सभा आभ्या क्लब घारीपाटन १७ पोखरा कास्कीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाको प्रयोजनका लागि कम्पनीले पुष १३ गते बुक क्लोज गर्ने भएको हुँदा पुष १२ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।













