१० श्रावण २०८३, आइतबार

नविल बैंक र उपाय बिजनेश सोलुशन्सबिच व्यवसायिक सम्झौता

नविल बैंक र उपाय बिजनेश सोलुशन्सबिच व्यवसायिक सम्झौता



काठमाडौँ । नविल बैंक र उपाय बिजनेश सोलुशन्स बिच बैंकको ग्राहकहरुको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर बैंकको ग्राहकहरुलाई सहयोग गर्ने सम्झौता भएको छ ।

यस साझेदारी अन्तर्गत, बैंकका ग्राहकहरुले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न तथा व्यवसायका लागी वित्तीय व्यवस्थापन, कानूनी र कर व्यवस्थापन गर्नका लागी उपाय विजनेश सोलुशन्सको सेवा लिने छन्। उपायले व्यवसायिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुको साथै बैंकका ग्राहकलाई आवश्यक बमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपलब्ध गराउनेछ।