रिडी पावरले लाभांश नदिने
काठमाडौँ । रिडी पावर कम्पनी लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको हो ।
कम्पनीले पुष २८ गते साधारण सभा पनि बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्नेछ । हाल कम्पनी ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।












