मनकामना इन्जिनियरिङले लाभांश नदिने, बोलायो साधारण सभा
काठमाडौँ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।
कम्पनीको पुष ६ गते बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । सोहि बैठकले पुष २८ गते रोयल दरबार रेष्ट्रो पन्ड भेन्यु प्रा लि, महाराजगंज काठमाडौँमा दिउँसो २ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभा प्रयोजनका लागि कम्पनीले पुष १६ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १५ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । यसले लाभांश वितरण गर्ने भएको छ ।













