सुपर मादी हाइड्रोपावरले नगद लाभांश दिने, बोलायो साधारण सभा
काठमाडौँ । सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कर सहित २ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश पारितका लागि पुष २८ गते होटल इम्पेरियल बत्तिसपुतली काठमाडौँमा १३औँ र १४औँ वार्षिक साधारण सभा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभामा संस्थापक समूहबाट ५ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट १ जना तथा स्वतन्त्रबाट १ जना सञ्चालक नियुक्त गर्ने प्रस्ताव गरेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुष १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।













