१० श्रावण २०८३, आइतबार

नागरिक लगानी कोषको २५ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

नागरिक लगानी कोषको २५ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?



काठमाडौँ । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको सेयर बिक्रीमा आएको छ । कम्पनीले २५ हजार कित्ता संस्थापक सेयर आजदेखि लिलामी बिक्री खुला गरेको हो ।

जसका लागि न्यूनतम मूल्य ८०० रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । लगानीकर्ताले यसमा पुष १६ गतेसम्म एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।