लक्ष्मी स्टील्सले १४.२५ प्रतिशत बोनस दिने, आइपीओ समेत निष्कासन गर्दै
लक्ष्मी स्टील्सले १४.२५ प्रतिशत बोनस दिने, आइपीओ समेत निष्कासन गर्दै
काठमाडौँ । लक्ष्मी स्टील्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको पुष ५ गते बसेको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ८१ लाख ७५ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । कम्पनीले साधारण सभा पुष २९ गते कम्पनीको रजिष्टर्ड कार्यालय, सुविधानगर तिनकुने काठमाडौँमा दिउँसो १२ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।













